Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

आजका विदेशी मुद्राका विनिमय दर सार्वजनिक : अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको दर हेरौं

आजका विदेशी मुद्राका विनिमय दर सार्वजनिक : अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको दर हेरौं

काठमाडाैं, २४ वैशाख ।  नेपाल राष्ट्र बैंकले आजका विदेशी मुद्राका विनिमय दरहरू सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३४.८० रूपैयाँ र बिक्री दर १३५.४० रूपैयाँ रहेको छ।

युरोको खरिद दर १५२.७० रूपैयाँ र बिक्री दर १५३.३८ रूपैयाँ रहेको छ। यसैगरी, बेलायती पाउण्डको खरिद दर १८०.१४ रूपैयाँ र बिक्री दर १८०.९४ रूपैयाँ निर्धारण गरिएको छ।

स्विस फ्र्याङ्कको खरिद दर १६३.४० रूपैयाँ र बिक्री दर १६४.१३ रूपैयाँ छ। अष्ट्रेलियन डलरको खरिद दर ८७.०५ रूपैयाँ र बिक्री दर ८७.४४ रूपैयाँ कायम गरिएको छ। क्यानाडियन डलरको खरिद दर ९७.५८ रूपैयाँ र बिक्री दर ९८.०१ रूपैयाँ छ। यता, सिंगापुर डलरको खरिद दर १०४.५६ रूपैयाँ र बिक्री दर १०५.०२ रूपैयाँ रहेको छ।

१० जापानी येनको खरिद दर ९.४३ रूपैयाँ र बिक्री दर ९.४७ रूपैयाँ निर्धारण गरिएको छ। चिनियाँ युआनको खरिद दर १८.६८ रूपैयाँ र बिक्री दर १८.७६ रूपैयाँ छ। साउदी रियालको खरिद दर ३५.९४ रूपैयाँ र बिक्री दर ३६.१० रूपैयाँ छ भने कतारी रियालको खरिद दर ३६.९८ रूपैयाँ र बिक्री दर ३७.१५ रूपैयाँ रहेको छ।

त्यसैगरी, थाइ भाटको खरिद दर ४.१३ रूपैयाँ र बिक्री दर ४.१५ रूपैयाँ छ। युएई दिरहामको खरिद दर ३६.७० रूपैयाँ र बिक्री दर ३६.८६ रूपैयाँ रहेको छ। मलेसियन रिंगिटको खरिद दर ३१.८५ रूपैयाँ र बिक्री दर ३१.९९ रूपैयाँ छ। दक्षिण कोरियाली वनको १०० नोटको खरिद दर ९.७६ रूपैयाँ र बिक्री दर ९.८१ रूपैयाँ छ। स्वीडिश क्रोनारको खरिद दर १४.०१ रूपैयाँ र बिक्री दर १४.०७ रूपैयाँ रहेको छ।

यस्तै, डेनिश क्रोनारको खरिद दर २०.४६ रूपैयाँ र बिक्री दर २०.५५ रूपैयाँ छ। हङकङ डलरको खरिद दर १७.३९ रूपैयाँ र बिक्री दर १७.४७ रूपैयाँ छ। कुवेती दिनारको खरिद दर ४३९.६९ रूपैयाँ र बिक्री दर ४४१.६५ रूपैयाँ छ। बहराइनी दिनारको खरिद दर ३५७.५५ रूपैयाँ र बिक्री दर ३५९.१४ रूपैयाँ छ। ओमानी रियालको खरिद दर ३५०.१३ रूपैयाँ र बिक्री दर ३५१.६९ रूपैयाँ रहेको छ।

अन्त्यमा, १०० भारतीय रूपैयाँको खरिद दर १६०.०० रूपैयाँ र बिक्री दर १६०.१५ रूपैयाँमा निर्धारण गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *