कृषि क्षेत्रमा लगानी अनुरुप प्रतिफल देखिएन
काठमाडौं,२०साउन । कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय भएपनि लगानी अनुरुपको प्रतिफल प्राप्त हुन नसकरहेको पछिल्ला दिनहरुमा आयात झन झन बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
कृषि विकास मन्त्रालयले आर्थिक बर्ष ०७३÷०७४ मा १० अर्ब ७८ करोड रुपैया अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म १ खर्ब ३४ अर्ब ३२ करोड रुपैया लगानी गरेको छ ।
केन्द्रिय बैंकले कृषिमा अनिवार्य १० प्रतिसत लगानी तोकेको भएपनि उत्पादनका क्षेत्रमा लगानी उत्साहजनक छैन ।बैंकले अन्न उत्पादन, नगदेबाली, फलफूल खेती, कुखुरापालन र माछापालनलगायत ९ क्षेत्रमा कूल १ खर्ब ३४ करोड ३७ लाख ७० हजार रुपैयाँ मात्र लगानी गरेको छ । तर पनि चीन भारत लगायतका देशबाट फलफुल माछा लागायत अन्य कृषि उत्पादनको आयत पछिल्ला दिनमा झन बढ्दो छ ।
बैंकले उत्पादन क्षेत्रमा भन्दा कृषिजन्य उद्योग र प्रशोधनमा झण्डै ५० प्रतिशतबढी अर्थात् २ खर्ब २८ अर्ब ९३ करोड ९२ लाख रुपैयाँ लगानी गरेको देखिएको छ ।
अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी ३ अर्ब ९१ करोड २५ लाख रुपैयाँमा मात्र सीमित छ । तथ्याङ्क अनुसार धान, मकै र गहुँ उत्पादनमा हुने गरेको लगानी उत्साहजनक छैन । यि बस्तुहरुको आयत पनि दिन प्रतिदिन बढ्दो छ ।