Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जोशी आजबाट विदामा, निर्धारित योजना अनुसार अस्वीकृत गरिएको प्रतिक्रिया

जोशी आजबाट विदामा, निर्धारित योजना अनुसार अस्वीकृत गरिएको प्रतिक्रिया

काठमाडौं,२० साउन ।  संसदीय सुनुवाइ समितिबाट सर्वोच्चको प्रधान न्यायाधीशका लागि अस्वीकृत कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आजबाट विदामा बसेका छन् ।  संसदीय सुनुवाइ विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेपछि उनी राजीनामा नदिई बिदा बसेका हुन ।

कामु प्रधानन्यायाधीश जोशीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस नगरेसम्मका लागि भनेर उनी बिदामा बस्न लागेका हुन् ।

संसदीय सुनुवाइ विशेष समितिले शैक्षिक प्रमाणपत्र विवाद, विवादास्पद फैसला तथा सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै शुक्रबार जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय गरेको थियो । कतिपय संविधान कानुनका जानकारहरु भने उनलाइ राजिनामा दिन सुझाएका छन् ।अब अजबाट मर्यादाक्रममा उनीपछिका न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्नेछन् ।

 जोशी भन्छन् शैक्षिक प्रमाणपत्रबारे स्वतन्त्र छानबिन होस

प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएका सर्वाेच्चका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्ना शैक्षिक प्रमाणपत्रबारे स्वतन्त्र रूपमा छानबिन गर्न माग गरेका छन् । पूर्वनिर्धारित योजनाकै आधारमा आधिकारिक अध्ययनबिना नै आफूलाई अस्वीकृत गरेको उनको दाबी छ ।

शनिबार प्रेस विज्ञप्ति निकाल्दै उनले यो घटनालाई ‘स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाई आफ्नो अभीष्ट पूरा गर्ने तत्हरू सक्रिय भएको चरम अवस्थाका रूपमा समेत बुझेको’ उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले प्रमाणपत्रबारे प्रस्टीकरण दिए पनि आफ्ना विवादास्पद फैसलाबारे भने केही बोलेका छैनन् । ‘संसदीय सुनुवाइ विशेष समितिमा संविधानबमोजिम सुनुवाइ भई सार्वजनिक सञ्चारमाध्यममा मेरो विषयमा सम्प्रेषित समाचारका आधार, आशंका र भ्रमका आधारमा तथ्यगत निष्कर्षबिना नै निर्णय भएको विषयमा मेरो गम्भीर सरोकार रहेकाले सो विषयमा मेरा धारणा सार्वजनिक गर्न यो तथ्यगत जानकारीसहितको प्रेस विज्ञप्ति सार्वजनिक गरेको छु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x