Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी सडक भदौं १५ भित्र कालोपत्रे !

कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी सडक भदौं १५ भित्र कालोपत्रे !

काठमाडौं,२० साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने गरि कार्य अगाडी बढाइएको छ ।  पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री  ओलीको ती सडक भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न सरोकारवाला निकायलाई निर्देशन दिनु भएको थियो ।

जनतासँग प्रधानमन्त्री कार्यक्रमा समेत सडकका कारण जनताले भोगेको हैरानीका तत्काल संवोधन गर्ने बताउनु भएको थियो ।     वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने र विभिन्न करिडोरका सडकको निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकता राख्न प्रधानमन्त्रीको निर्देशन रहेको छ ।

यस्तै खानेपानी मन्त्रालयले मेलम्ची खानेपानीका पाइपलाइन बिच्छ्याउने, पानी वितरण गर्नेलगायतका काम समयमै सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ ।जनतालाई तत्काल राहत दिने गरी कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी सडकखण्डमा कम्तीमा पनि आठ मिटर सडक मर्मत गर्ने र घाम लागेलगत्तै कालोपत्र गर्ने तयारी गरिएको छ ।यसै गरी काठमाडौँभित्रका सडकको खाल्डाखुल्डी पुर्नसमेत प्रधानमन्त्रीको निर्देशनअनुसार नै प्रक्रिया शुरु गरिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x