Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजार १.४३ अंकले घट्यो, १६ करोडको कारोबार

सेयर बजार १.४३ अंकले घट्यो, १६ करोडको कारोबार

काठमाडौं, २० साउन । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । बजार १.४३ अंकले घटेर ११८९.८८ बिन्दुमा झरेको छ ।

आज सेयर बजारमा १ सय ६० कम्पनीले कारोबार गरेका छन् । तिनीको १६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
होटल, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको परिसूचक बढेपनि बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र फाइनान्स समुहको परिसूचक भने घटेको छ ।

सानीमा माई हाइड्रोपावरको सबैभन्दा धेरै कित्ता सेयर किनबचे भएको छ । त्यस्तै आज सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.८२ प्रतिशतले नाफा कमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ५.३० प्रतिशतले गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x