Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट निवेदन दिएकी हुन् ।

मिश्रलाई तीनकुने आन्दोलनसँग जोडेर गत १५ चैत पक्राउ गरिएको थियो । उनलाई सात पटक म्याद थप गरिसकिएको छ । प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै लगातार म्याद थप गराएको हो ।

सारिकाले दिएको रिट आज दर्ता भएको छ । अदालतले वैशाख ३१ गते (भोलि) बिहान १० बजे अदालत उपस्थित हुन आउन गृहमन्त्रालयको नाममा तारेख पर्चा जारी गरेको छ ।

Sanu Thapa

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *