Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कृषिमा परनिर्रभाता बढ्दो, दैनिक उपभोग्य खाद्यवस्तुमा मात्र बार्षिक खर्बौको आयत

कृषिमा परनिर्रभाता बढ्दो, दैनिक उपभोग्य खाद्यवस्तुमा मात्र बार्षिक खर्बौको आयत

पूर्ण प्रसाद चौलागाई

२०७५ साउन २२ काठमाडौं ।

केहिदिन अघि मात्र वित्तिय संस्थाहरुले कृषी उत्पादनका क्षेत्रमा लगानी बढाउदै लगेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । तर उक्त लगानीको प्रतिफल भने कम रहेको तथ्याङ्कले देखाएको छ ।  भंसार विभागको गत बर्षको तथ्याङ्क अनुशार दैनिक उपभोग्य वस्तुहरु धानचामल, फलफूल तथा तरकारीकै लागि मात्र नेपालाबाट वर्षेनी सवा खर्ब विदेशीने गरेको छ ।

गएको आर्थिक बर्षमा मात्र नेपालमा २९ अर्ब ३६ करोड ३४ लाख रुपैयाँको धान र चामल आयात भएको तथ्याङ्ग छ ।  त्यस्तै, घ्यू तथा तेलका लागि २९ अर्ब ७२ करोड ४९ लाख, फलफूलका लागि १४ अर्ब ५२ करोड ३ लाख, तरकारीका लागि २५ अर्ब ८३ करोड, गेडागुडी तथा अन्नका लागि ४४ अर्ब ५२ करोड ५ लाख रुपैयाँ र चिया–कफिका लागि १० अर्ब ७४ करोड ७४ लाख रुपैयाँ विदेशीएको भन्सार विभागको तथ्यांक छ । विभागकाअनुसार उक्त आवमा ८ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरका जिउँदो पशुपंक्षी, पशुपंक्षीका मासुलगायत उत्पादन आयात भएका छन् ।

सोही अवधिमा तेलहन गेडागुडी तथा फलफूलका लागि ११ अर्ब ३४ करोड ३१ लाख, चिनीका लागि १३ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ विदेशीएको  विभागले जनाएको छ ।  विगत केही बर्ष यता निर्यातको तुलनामा आयात उच्चदरमा बढ्दै जाँदा व्यापार घाटा चुलिँदै गएको छ । गत आव ०७४/७५ मा नेपालले कुल ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आव ०७३/७४ को भन्दा २७.५३ प्रतिशतले बढी हो । समीक्षा आवमा १२ खर्ब ४३ अर्ब २९ लाख रुपैयाँबराबरका वस्तु आयात भएका छन् । तर, निर्यात भने एक खर्बको पनि हुन सकेन । त्यस अवधिमा नेपालको निर्यात भने ८१ अर्ब १९ करोड रुपैयाँमै खुम्चिएको भन्सार विभागको तथ्यांक छ ।

यस्तो छ कृषिमा सरकारी लगानी 

कृषि विकास मन्त्रालयले कृषि उत्पादकत्व अभिवृद्धिका लागि आर्थिक बर्ष ०७३÷०७४ मा १० अर्ब ७८ करोड रुपैया अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म १ खर्ब ३४ अर्ब ३२ करोड रुपैया लगानी गरेको छ ।अन्न उत्पादन, नगदेबाली, फलफूल खेती, कुखुरापालन र माछापालनलगायत  ९ क्षेत्रमा कूल १ खर्ब ३४ करोड ३७ लाख ७० हजार रुपैयाँ मात्र लगानी छ । बैंकले उत्पादन क्षेत्रमा भन्दा कृषिजन्य उद्योग र प्रशोधनमा झण्डै २ खर्ब २८ अर्ब ९३ करोड ९२ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी ३ अर्ब ९१ करोड २५ लाख रुपैयाँमा मात्र रहेको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x