कृषिमा परनिर्रभाता बढ्दो, दैनिक उपभोग्य खाद्यवस्तुमा मात्र बार्षिक खर्बौको आयत
पूर्ण प्रसाद चौलागाई
२०७५ साउन २२ काठमाडौं ।
केहिदिन अघि मात्र वित्तिय संस्थाहरुले कृषी उत्पादनका क्षेत्रमा लगानी बढाउदै लगेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । तर उक्त लगानीको प्रतिफल भने कम रहेको तथ्याङ्कले देखाएको छ । भंसार विभागको गत बर्षको तथ्याङ्क अनुशार दैनिक उपभोग्य वस्तुहरु धानचामल, फलफूल तथा तरकारीकै लागि मात्र नेपालाबाट वर्षेनी सवा खर्ब विदेशीने गरेको छ ।
गएको आर्थिक बर्षमा मात्र नेपालमा २९ अर्ब ३६ करोड ३४ लाख रुपैयाँको धान र चामल आयात भएको तथ्याङ्ग छ । त्यस्तै, घ्यू तथा तेलका लागि २९ अर्ब ७२ करोड ४९ लाख, फलफूलका लागि १४ अर्ब ५२ करोड ३ लाख, तरकारीका लागि २५ अर्ब ८३ करोड, गेडागुडी तथा अन्नका लागि ४४ अर्ब ५२ करोड ५ लाख रुपैयाँ र चिया–कफिका लागि १० अर्ब ७४ करोड ७४ लाख रुपैयाँ विदेशीएको भन्सार विभागको तथ्यांक छ । विभागकाअनुसार उक्त आवमा ८ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरका जिउँदो पशुपंक्षी, पशुपंक्षीका मासुलगायत उत्पादन आयात भएका छन् ।
सोही अवधिमा तेलहन गेडागुडी तथा फलफूलका लागि ११ अर्ब ३४ करोड ३१ लाख, चिनीका लागि १३ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ विदेशीएको विभागले जनाएको छ । विगत केही बर्ष यता निर्यातको तुलनामा आयात उच्चदरमा बढ्दै जाँदा व्यापार घाटा चुलिँदै गएको छ । गत आव ०७४/७५ मा नेपालले कुल ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आव ०७३/७४ को भन्दा २७.५३ प्रतिशतले बढी हो । समीक्षा आवमा १२ खर्ब ४३ अर्ब २९ लाख रुपैयाँबराबरका वस्तु आयात भएका छन् । तर, निर्यात भने एक खर्बको पनि हुन सकेन । त्यस अवधिमा नेपालको निर्यात भने ८१ अर्ब १९ करोड रुपैयाँमै खुम्चिएको भन्सार विभागको तथ्यांक छ ।
यस्तो छ कृषिमा सरकारी लगानी
कृषि विकास मन्त्रालयले कृषि उत्पादकत्व अभिवृद्धिका लागि आर्थिक बर्ष ०७३÷०७४ मा १० अर्ब ७८ करोड रुपैया अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म १ खर्ब ३४ अर्ब ३२ करोड रुपैया लगानी गरेको छ ।अन्न उत्पादन, नगदेबाली, फलफूल खेती, कुखुरापालन र माछापालनलगायत ९ क्षेत्रमा कूल १ खर्ब ३४ करोड ३७ लाख ७० हजार रुपैयाँ मात्र लगानी छ । बैंकले उत्पादन क्षेत्रमा भन्दा कृषिजन्य उद्योग र प्रशोधनमा झण्डै २ खर्ब २८ अर्ब ९३ करोड ९२ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी ३ अर्ब ९१ करोड २५ लाख रुपैयाँमा मात्र रहेको छ