Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

छ सय रूपैयाँको उतार–चढावपछि सुन उस्तै उचाइमा फर्कियो, चाँदीको मूल्य स्थिर

छ सय रूपैयाँको उतार–चढावपछि सुन उस्तै उचाइमा फर्कियो, चाँदीको मूल्य स्थिर

काठमाडाैं, ५ जेष्ठ । नेपाली बजारमा सोमबार सुनको मूल्य पुनः वृद्धि भएको छ। आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुन सोमबार सोही रकमले बढ्दै पुनः उचाइमा फर्किएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १,८४,८०० मा निर्धारण गरिएको छ। आइतबारको तुलनामा यो ६ सय रूपैयाँले बढी हो। आइतबार छापावाल सुनको मूल्य रु १,८४,२०० रहेको थियो।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार सोमबार पनि चाँदीको प्रतितोला मूल्य रु १,९४५ मै कायम रहेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *