Date

बुध, जेष्ठ ७, २०८२
Wed, May 21, 2025

मन्त्रिपरिगषद् बैठक बस्दै, गभर्नर नियुक्ति हुने संभावना

मन्त्रिपरिगषद् बैठक बस्दै, गभर्नर नियुक्ति हुने संभावना

काठमाडौं, ६ जेष्ठ । गभर्ननर नियुक्तिको विषयलाई लिएर आज मन्त्रि परिगषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए । दुई शीर्ष नेताको भेटघाट लगत्तै मन्त्रीपरिषद् बैठक बोलाइएको हो ।  नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

गभर्नरको नाममा सहमति जुट्न नसक्दा सत्तारुढ दलबीच यो विषय पेचिलो बन्दै गएको छ । डा. विश्व पौडेल गभर्नर बन्ने भनेर यस अघि नै धेरै प्रचारवाजी भैसकेको छ ।  त्यसअघि गभर्नरको उम्मेदवार सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषदको बैठक समक्ष पठाउँदै छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको समितिले आजै तीन जनाको नाम सिफारिस गर्न लागेको स्रोतको दावी छ ।

समितिले विश्व पौडेलसहित डेपुटी निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी बमबहादुर मिश्रको नाम सिफारिस गर्दैछ । पहिलो नम्बरमा पौडेलको नाम राखिने बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *