तामाकोशीको शेयर आवेदनका लागि एक साताको म्यादथप
काठमाडौं,२५ साउन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप गरिएको छ । । समय थप सगै भदौ १ गतेसम्म राजधानीमा रहेका दोलखा बासीले शेयर आवेदन दिन सकिनेछ । यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ ।
५० हजार भन्दा बढीको आवेदन परिसेकोको जानकारी बिक्री प्रबन्धकले गराएको छ । आयोजनाले स्थानीय बासिन्दाका लागि रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्न लागेको थियो । स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर छुट्याइएको छ ।