Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

तामाकोशीको शेयर आवेदनका लागि एक साताको म्यादथप

तामाकोशीको शेयर आवेदनका लागि एक साताको म्यादथप

काठमाडौं,२५ साउन ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप गरिएको छ । । समय थप सगै भदौ १ गतेसम्म राजधानीमा रहेका दोलखा बासीले शेयर आवेदन दिन सकिनेछ । यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ ।

५० हजार भन्दा बढीको आवेदन परिसेकोको जानकारी बिक्री प्रबन्धकले गराएको छ । आयोजनाले स्थानीय बासिन्दाका लागि रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्न लागेको थियो । स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर छुट्याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x