Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल र म्यानमारका उद्यमी बीच भेटवार्ता

नेपाल र म्यानमारका उद्यमी बीच भेटवार्ता

काठमाडौं २४ साउन । म्यानमार र नेपालका निजी लगानीकर्ता बीच भेटवार्ता भएको छ । म्यानमारका वरिष्ठ उद्यमी यु को को लाटको नेतृत्वमा आएको उच्च स्तरिय औद्योगिक व्यापारिक प्रतिनिधि मण्डलले आज नेपाल उद्योग परिसंघका पदाधिकारी, उद्यमी व्यवसायीसँग भेटघाट गरेको हो ।

भेटका अवसरमा प्रतिनिधि मण्डलका प्रमुख यू को को लाट ले  म्यानमार नेपालमा उद्यमी–व्यवसायीसँग द्विपक्षिय व्यापार, लगानी प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा जोड दिन उत्साहित रहेको बताए ।

उनले नेपाल बुद्धको जन्मस्थल भएको कारणले समेत प्रत्येक साल करिब २५ हजार म्यानमार पर्यटक लुम्बिनीको भ्रमण गर्न आउने हुँदा पर्यटन प्रवद्र्धनको लागि समेत द्विपक्षीय सम्बन्ध सुदृढ गर्न व्यवसायी स्तरमा नै सम्बन्ध सुदृढ हुनुपर्ने जोड दिए ।

नेपालको जलस्रोत र सौर्य ऊर्जामा म्यानमारले लगानी गर्न सक्ने सम्भावना रहेको र द्विपक्षीय आर्थिक सम्बन्ध अभिवृद्धि गर्न निजी क्षेत्रबाट केही समय अगाडी हिमालय एयरलाइन्सको प्रत्यक्ष उडान रहेकोमा सो व्यवस्थाको निरन्तरता वा सिधा हवाई सेवाको व्यवस्था भएमा दुई देश बीच पर्यटन एवं अन्य आर्थिक क्रियाकलापमा उल्लेख्य वृद्धिको सम्भावना रहेको समेत लाटले बताए ।

सोही अवसरमा नेपाल भ्रमणमा रहेका म्यानमारका उद्यमी–व्यवसायलाई स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले  नेपालको विकासमा म्यानमार सहयोगि वन्न सक्ने बताए । कृषि तथा इन्जीनियरिङ्ग र पर्यटनमा द्विपक्षीय सहयोगको प्रवल सम्भावना रहेको उनले बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x