जनता बैंकद्वारा अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा सुरु

काठमाडौं, २४ साउन । जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्ज, बहराइन र जनता बैंक नेपाल बिच हालै भएको संझौता अनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । खाताबाट कारोवार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरीे जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोवार गर्न सक्ने बताइएको छ । बहराइनबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १ सय २१ शाखाको अतिरिक्त करिव १६ हजार को संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *