Date

शनि, जेष्ठ १०, २०८२
Sat, May 24, 2025

स्थानीय तहको पूर्वाधार विकासमा सरकार गम्भीर छ : मन्त्री यादव

स्थानीय तहको पूर्वाधार विकासमा सरकार गम्भीर छ : मन्त्री यादव

रौतहट, ९ जेष्ठ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्साको पर्सागढी नगरपालिका–९ टोलमा नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गरेका छन् ।

शुक्रबार आयोजित समारोहमा बोल्दै उनले यस भवनको निर्माणसँगै यहाँका वडावासीहरूलाई वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज, प्रभावकारी र सुलभ हुने विश्वास लिएको बताए ।

‘वडा कार्यालयको भवन बनेर उदघाटन भइसकेको छ, उनले भने, ‘अब सेवाग्राहीले सहज सेवा पाउँछन ।’

स्थानीय तहको पूर्वाधार विकासमा सरकार गम्भीर रहेको उल्लेख गर्दै आगामी दिनमा जनताको जीवनस्तर सुधारमा सरकारका पहलहरू निरन्तर जारी रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

एक फरक प्रसङ्गमा उनले अब चापाकलको विकल्पमा ओभरहेड ट्यांकीहरू निर्माण गरि सञ्चालनमा ल्याइएको उल्लेख गरे । पर्सा जिल्लाभर रहेका ओभरहेड ट्यांकीहरू श्रावण महिनादेखि सञ्चालनमा ल्याइने मन्त्री यादवको कथन छ ।

चर्को गर्मीले भू–जल स्रोत सुक्दै गएकाले तराइका अधिकांश चापाकलमा पानी आउन छाडेकाले बन्द हुने अवस्था पुगेको उनको भनाइ छ । अब केन्द्र सरकारको पहलमा व्यवस्थित जल आपूर्तिको नयाँ ढाँचा कार्यान्वयन गरिने उनले स्पष्ट पारे ।

पर्सागढी नगरपालिका–९ का वडा अध्यक्ष श्रीरामबदाई प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न  राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र वडावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *