Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

नेपाली बजारमा सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडाैं, १६ जेष्ठ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला १,५०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार फेरि प्रतितोला ७०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा झरेको थियो।

त्यस्तै, तेजाबी सुनको भाउ पनि आज प्रतितोला १ लाख ८८ हजार रुपैयाँमा पुगेको छ।

चाँदीको मूल्य घट्यो

चाँदीको मूल्य भने आज घटेको छ। बिहीबार चाँदी प्रतितोला १,९९५ रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार १५ रुपैयाँले घटेर प्रतितोला १,९८० रुपैयाँमा झरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *