Date

शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

लगातार उकालो: सुन प्रतितोला १ लाख ९२ हजार ७ सय पुग्यो, चाँदी पनि महँगियो

लगातार उकालो: सुन प्रतितोला १ लाख ९२ हजार ७ सय पुग्यो, चाँदी पनि महँगियो

काठमाडाैं, २० जेष्ठ । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। गत शुक्रबारदेखि मूल्य उकालो लागिरहेको सुनको दर मंगलबार एकैदिन रु २ हजार ९ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ९२ हजार ७ सय कायम गरिएको छ। हिजो अर्थात सोमबार सुनको मूल्य प्रतितोला रु १ हजारले बढेर रु १ लाख ८८ हजार ८ सय मा पुगेको थियो।

महासंघले दिएको जानकारी अनुसार तेजाबी सुनको मूल्य पनि आज वृद्धि भई रु १ लाख ९२ हजार १०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रति तोला रु ५५ ले बढेको छ। सोमबार चाँदीको दर रु १ हजार ९ सय ९० रहेकोमा आज यो बढेर रु २ हजार ४५ मा पुगेको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *