सुनको मूल्य स्थिर, चाँदीको भाउमा तीव्र वृद्धि

काठमाडाैं, २३ जेष्ठ । करिब एक सातादेखि निरन्तर रुपमा बढिरहेको सुनको मूल्य आज शुक्रबार स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा स्थिर रहेको छ। हिजो बिहीबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।
सुनको मूल्य यस साताभरि लगातार बढे पनि शुक्रबार भने कुनै परिवर्तन नभएको हो।
यता, चाँदीको मूल्य भने आज उच्च दरले वृद्धि भएको छ। बिहीबार प्रतितोला २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी शुक्रबार ७५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँमा कायम भएको छ।