Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन’- गृहमन्त्री लेखक

‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन’- गृहमन्त्री  लेखक

काठमाडौं, २७ जेष्ठ । गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन् ।

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन् ।

‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवसीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर आवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलव राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो । तर एनआरएनए आफैमा एउटा नागरिकता हो,’उनले भने ।

उनले गैर आवसीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए ।

उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोवास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई बंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए ।

बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *