Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

फिनल्यान्डकी राजदूत रीना रिक्का हेइक्काको बिदाइ शिष्टाचार भेट राष्ट्रपति पौडेलसँग

फिनल्यान्डकी राजदूत रीना रिक्का हेइक्काको बिदाइ शिष्टाचार भेट राष्ट्रपति पौडेलसँग

काठमाडाैं, ३० जेष्ठ । नेपालका लागि फिनल्यान्डकी राजदूत रीना रिक्का हेइक्काले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ शिष्टाचार भेट गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न उक्त भेटमा दुई देशबीचको दीर्घकालीन मित्रवत सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेलले राजदूत हेइक्कालाई नेपालमा कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। भेटका क्रममा नेपाल–फिनल्यान्ड सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत सकारात्मक कुराकानी भएको बताइएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले फिनल्यान्ड सरकारप्रति धन्यवाद व्यक्त गर्दै राजदूत हेइक्काको कार्यकालमा दुई देशबीचको सहकार्यमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्नुभयो।”

फिनल्यान्डले नेपालमा शिक्षा, पानी, सरसफाइ तथा वातावरणीय क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *