बढ्यो बैंकहरुको नाफा, यस्तो छ २८ बाणिज्य बैंकको वित्तिय बिवरण ?
काठमाडौं, १ भद्रौ । गत आर्थिक बर्ष बैंकहरु लगानी योग्य पुँजीको अभावमा गुज्रिनु परेको थियो । तर लगानी योग्य पुँजीको अभावमा गुज्रिएका तिनै बैंकहरुले गत वर्षको नाफामा भने उल्लेख्य बृद्धि गरेका छन् ।
संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये २५ वटा वाणिज्य बैंकहरुले त अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । ३ वटा वाणिज्य बैंकहरु मात्रै अर्बपति वाणिज्य बैंकहरुको सुचीमा पर्न असफल बनेका छन् ।
सार्वजानीक वित्तिय बिवरणलाई हेर्दा खुद मुनाफा आर्जन गर्न अग्रस्थानमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । गत बर्षको तुलनामा यो बैंकले खुदमुनाफा ५६ प्रतिशतले बढाएको हो । त्यसै गरि सबै भन्दा न्युन मुनाफा आर्जन गर्ने वाणिज्य बैंकको सुचीमा सिभिल बैंक सुचीकृत भएको छ । एनआईडिसि बैंक संगको मर्जर पश्चात खुदमुनाफा बढाएर राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षमा ४ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ पु¥याएको हो । अघिल्लो बर्षको सोही अवधीमा बैंकले २ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ खुदमुनाफा कमाएको थियो ।
गत आर्थिक बर्ष खुदमुनाफा धेरै कमाउने वाणिज्य बैंकहरुको दास्रो स्थान नीजि स्वामित्वको वाणिज्य बैंक नविल बैंकले ओगट्न सफल भएको छ । नबिल बैंकले गत आर्थिक बर्षमा ४ अर्ब ५ करोड ४७ लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । नविल बैंकको खुदमुनाफा अघिल्लो बर्षको यसै अवधीमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।
त्यसै गरि खुदमुनाफा बढाउने बढाउने वाणिज्य बैंकहरुको तेस्रो स्थानमा सरकारी स्वामित्वकै कृषि विकास बैक रहेको छ । गत आर्थिक बर्षमा बैंकले ३ अर्ब ७ करोड ७२ लाख रुपैयाँ खुदमुनाफा कमाएको हो । बैंकले अघिल्लो बैंकको असार मसान्त सम्ममा २ अर्ब ५४ करोड रुपैयाँ खुदमुनाफा आर्जन गरेको थियो ।
कृषि विकास बैंक पश्चात नाफा बढाउने बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षमा खुदमुनाफा ३ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो बर्षको सोही अवधीमा बैंकले खुदमुनाफा ३ अर्ब ११ करोड रुपैयाँ कमाएको थियो । यसैगरि गत आर्थिक बर्षको असार मसान्त सम्ममा नेपाल बैंकले खुदनाफा ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ कमाएका छ भने अघिल्लो बर्षको असार मसान्त सम्ममा बैंकले खुद मुनाफा १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक बर्षमा २ अर्ब २९ करोड रुपैयाँ खुदमुनाफा आर्जन गरेको एभरेष्ट बैंकले गत आर्थिक बर्षको असार मसान्त सम्ममा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ खुदमुनाफा अर्जन गरेको छ । गत आर्थिक बर्षमा हिमालयन बैंकले २ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ भने बैकले अघिल्लो बर्षको सोहि अवधीमा २ अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । अघिल्लो बर्षको असार मसान्त सम्ममा १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ खुदमुनाफा गरेको ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्षमा १ अर्ब ९८ करोड १७ लाख रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ ।
स्ट्याण्डर्ड च्याटर्ड बैंकले गत आर्थिक बर्षमा २ अर्ब ७ करोड रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । अघिल्लो बर्षको सोही अवधीमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुदमुनाफा कमाएको थियो । गत आर्थिक बर्षमा नेपाल एसविआई बैंकले १ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ खुदमुनाफा कमाएको छ भने अघिल्लो बर्षको सोही अवधीमा बैंकको खुदमुनाफा १ अर्ब ५७ करोड ३ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक बर्षमा १ अर्ब ३६ करोड ४६ लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेको प्राईम कमर्सियल बैंकले गत आर्थिक बर्षमा १ अर्ब ९४ करोड २३ लाख रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ ।
सिद्धार्थ बैंकको खुदमुनाफा गत आर्थिक बर्षको असार मसान्त सम्ममा २ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोहि अवधीमा बैंकले खुदमुनाफा २ अर्ब ४ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षमा एनएमबी बैंकले १ अर्ब ४७ करोड रुपैयाँ खुदमुनाफा आर्जन गरेकोमा गत बर्षको असार मसान्त सम्ममा बैंकले खुदमुनाफा बढाएर १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ पु¥याएको छ । सानिमा बैंकले गत आर्थिक बर्षमा खुदमुनाफा १ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो बर्षको सोहि अवधीमा बैंकको खुदमुनाफा १ अर्ब ४४ करोड २९ लाख रुपैयाँ रहेको थियो ।
यसैगरि बैंक अफ काठ्माण्डौँले गत आर्थिक बर्षमा खुदमुनाफा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको साहि अवधीमा बैंकले खुदमुनाफा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ कमाएको थियो । एनआईसी एसिया बैंकले १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । सिटिजन्स बैंकले गत आर्थिक बर्षको असार मसान्त सम्ममा १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले अघिल्लो बर्षको सोहि अबधीमा १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको थियो । यसैगरि सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष खुद मुनाफा १ अर्ब ३१ करोड १७ लाख रुपैयाँ कमाएको छ । बैंकको अघिल्लो वर्ष यसै अवधीमा खुद मुनाफा १ अर्ब ३१ करोड १७ लाख रुपैयाँ रहेको थियोे ।
माछापुच्छ्रे बैंकको खुदमुनाफा अघिल्लो बर्षको तुलनामा घटेको छ । गत आर्थिक बर्षको असार मसान्त सम्ममा माछापुच्छ्रे बैंकले १ अर्ब २९ करोड ७३ लाख ३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षमा बैंकले खुदमुनाफा १ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो । लक्ष्मी बैक लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब १६ करोड ६३ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १६ करोडले बढी हो । बैंकले अघिल्लो वर्ष १ अर्ब मात्रै मुनाफा कमाएको थियो ।
गत आर्थिक बर्षमा प्रभु बैंकले अघिल्लो बर्षको तुलनामा नाफा घटाएको छ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब १२ करोड ९६ लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक बर्ष भने १ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको थियो । नाफा घटाउने अर्को बैंकमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा १० करोडले नाफा घटाएर गत आर्थिक बर्षमा १ अर्ब १० करोड ६५ लाख रुपैयाँ मात्र खुदमुनाफा आर्जन गर्न सफल भएको छ । लगातार रुपमा नाफा घटेको वित्तिय बिवरण सार्वजानीक गरिरहेको नेपाल के्रडिट एण्ड कमर्स बैंकले गत आर्थिक बर्षको चौथो त्रैमात्रमा पनि नाफाघटेको नै वित्तिय बिवरण सार्वजानीक गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको नाफा १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ रहेकोमा गत आर्थिक बर्षमा बैंकले १ अबै ७ करोड २० लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
मेगा बैंक नेपालले अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बढाएको छ । अघिल्लो बर्षको असार मसान्त सम्ममा नाफा ७९ करोड रुपैयाँ मात्र खुदमुनाफा कमाउन सकेको बैंकले गत आर्थिक बर्षको अन्त्य सम्ममा नाफा बढाएर १ अर्ब १९ करोड रुपैयाँ पु¥याउन सफल भएको छ । अघिल्लो बर्षको तुलनामा नाफामा वृद्धि गर्दै कुमारी बैंकले गत आर्थिक बर्षमा १ अर्ब १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरि पहिलो पटक अर्ब भन्दा बढी कमाउने बैंकहरुको सुचीमा सुचीकृत हुन सफल भएको छ । अघिल्लो बर्षको सोहि अबधीमा बैंकको. नाफा ७० करोड रुपैयाँ मात्र रहेको थियो ।
अघिल्लो आर्थिक बर्षमा ६३ करोड रुपैयाँ कमाएको जनता बैंकले गत आर्थिक बर्षको असार मसान्त सम्ममा खुदनाफामा वृद्धि गरेर ९३ करोड ४७ करोड रुपैयाँ पु¥याएको छ । सेन्चुरी बैंकले गत आर्थिक वर्ष १ अर्ब १० लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको अघिल्लो आर्थिक वर्षमा भने नाफा ७१ करोड ६३ लाख २० हजार रुपैयाँ मात्र रहेको थियो । नाफामा वृद्धि गरे पनि २८ वटा वाणिज्य बैंकहरु मध्ये सबै भन्दा कम खुदमुनाफा गर्ने वाणिज्य बैंकको सुचीमा सिभिल बैंक सुचिकृत भएको छ ।
सिभिल बैंकले अघिल्लो आर्थिक बर्षको असार मसान्त सम्ममा ३४ करोड ८२ लाख नाफा आर्जन गरेकामा गत आर्थिक बर्षमा ६४ करोड ५० लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । वाणिज्य बैंकहरु द्धारा प्रकाशित गत आर्थिक बर्षको वित्तिय बिवरण अनुसार एनआईसी एसिया बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक र प्रभु बैंक भने नाफा वृद्धि गर्न असफल भएका छन् ।