Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निर्माण सुरु भएको ३ बर्ष पछि कलंकीको भूमिगत मार्ग संचालनमा

निर्माण सुरु भएको ३ बर्ष पछि कलंकीको भूमिगत मार्ग संचालनमा

काठमाडौं, २ भद्रौं । नेपालको पहिलो अण्डरपास अर्थात् भूमिगत मार्ग सञ्चालनमा आएको छ । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो कलंकीमा निर्माण भएको अण्डरपास शुक्रवारबाट सञ्चालनमा आएको हो ।

३ बर्षदेखि निर्माण भैरहेको कलंकी अण्डरपास अनौपचारिक रुपमा शुक्रबार देखि सञ्चालनमा आएको छ । अण्डरपास चीनियाँ कम्पनी साङघाई कन्स्ट्रक्सनले निर्माण गरेको हो । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलंकीमा कम जाम हुने विश्वास गरिएको छ । अन्डरपास सञ्चालन भएसँगै कलंकीमा हुने घण्टौंको जाम घटेको छ । तर, निर्माण सामानहरु हटाउन बाँकी, अन्डरपासमा वार्निङ साइन, सडकमा मार्किङ, कलंकी चोकबाट खसिबजारसम्मको भाग फिनसिङ गर्न बाँकी रहेको छ भने हाललाई २ लेन मात्र सञ्चालनमा ल्याइएको छ ।

परीक्षणका रुपमा सडक खोलिएको आयोजनाले बताएको छ । पूर्णरुपमा काम नसकी सञ्चालनमा ल्याइदा धुलोले गर्दा पैदल यात्रु भने मर्कामा छन् । सन् २०१६ बाट निर्माण सुरुगरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखेर निर्माण गरिएपनि लगभग ३ वर्षमा काम सम्पन्न भएको हो ।

चीन सरकारको सहयोगमा निर्मित चक्रपथ सुधार परियोजना अन्तर्गतको यो अन्डरपास नेपालकै पहिलो हो । चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ । ‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।

अण्डरपास सञ्चालनमा आएपछि चक्रपथमा गुड्ने गाडी अण्डरपासबाट सिधै ओहोरदोहोर गर्ने भएकाले जाममा बस्नुपर्ने छैन । अण्डरपासमाथि बाट गुड्ने गाडीमध्ये बायाँतर्फ जाने गाडीले पनि जाममा बस्नु पर्दैन । जताबाट पनि बाँयातिर जाने गाडीले सिधै मोडिन पाउनेछन् । दायाँतर्फ मोडिनुपर्ने गाडीले भने केहीबेर पालो पर्खर्नुपर्नेछ । त्यसरी दायाँतर्फ जाने गाडीले बढीमा आधा मिनेट मात्र कलंकीमा पालो कुर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x