Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

९५ प्रतिशत क्षेत्रमा रोपाई सम्पन्न, धान उत्पादन ५८ लाख नाघ्ने अनुमान

९५ प्रतिशत क्षेत्रमा रोपाई सम्पन्न, धान उत्पादन ५८ लाख नाघ्ने अनुमान

काठमाडौं, ३ भद्रौ । मुलुकको कुल धान खेतीयोग्य जमिन मध्ये ९५ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन अन्तिम सम्म मुलुकभर १४ लाख ८१ हजार हेक्टरमा धान रोपाई सम्पन्न भएको छट । यो कुल धान खेतीयोग्य क्षेत्रमध्येको ९५ प्रतिशतभन्दा बढी हो ।

मौसम प्रतिकुल भएका कारण यस वर्ष धान रोपाई राम्रो भएको मन्त्रालयले जनाएको छ । रोपाईको क्षेत्र अझै बढ्ने अनुमान गरिएको छ ।गत वर्ष साउन २५ गतेसम्म ८४ प्रतिशत र साउन ३२ गतेसम्म ८९ प्रतिशत रोपाइ भएको थियो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म उच्च पहाडमा ९६ प्रतिशत, मध्य पहाडमा ९४ प्रतिशत र तराईमा ९६ प्रतिशत रोपाइ भइसकेको छ । तराईमा रोपाई योग्य क्षेत्रमा अझै पनि रोपाई भइरहेको छ।

गत वर्ष भन्दा यस वर्ष धान उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ । करिब ५८ लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने र यो वर्ष धानकै कारण १.५ प्रतिशतले जीडीपी बढ्ने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x