Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘स्मार्ट सिटी’ कार्यान्वयनतर्फ अघि बढ्यो सरकार, डिजिटल माध्यमबाट ८० सेवा

‘स्मार्ट सिटी’ कार्यान्वयनतर्फ अघि बढ्यो सरकार, डिजिटल माध्यमबाट ८० सेवा

काठमाडौं, ३ भदौ । सरकारले विभिन्न आठ क्षेत्रका ८० प्रकारका सेवालाई डिजिटल माध्यमबाट प्रदान गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङका अनुसार, स्मार्ट सिटीको अवधारणाका आधारमा पहिलो चरणमा सहर र सहरोन्मुख क्षेत्रमा सेवाको प्रकृति र प्रविधिको पहुँच र उपयोग अनुसार गाउँमा पनि डिजिटल सेवा विस्तार गरिनेछ । मन्त्रालयले यी सेवा प्रदान गर्ने सरोकारवाला निकायसँग छलफल अघि बढाई यसलाई मान्यता दिन आग्रह गरेको सचिव गुरुङले जानकारी दिए ।
अहिलेसम्म देशमा वित्तिय सेवा डिजिटलमाध्यमबाट प्रभावकारी रुपमा विस्तार भैरहेको छ । वित्तिय सेवाजस्तै अन्य सेवाहरुमा पनि सोही खालको सेवाप्रवाह सम्भव रहेको भन्दै यसको कार्यान्वयनमा सरकार जुटेको हो । डिजिटलमाध्यमबाट सेवा प्रवाह गर्दा यसले सूचना प्रविधिमा मूल्यअभिवृद्धि गरी सेवा प्रवाह सरल, छिटो र छरितो बनाउँछ, जसले सेवाग्राहीलाई लाभ पुर्याउनेमात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने मन्त्रालयको भनाई छ ।
सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले यसलाई डिजिटल अर्थतन्त्रतर्फको महत्वपूर्ण फड्को मानेको छ । सेवा प्रवाह, उत्पादन र पारदर्शीताका मामिलामा डिजिटल माध्यमबाट दिइने सेवाले देशको अर्थतन्त्रमा रुपान्तरण ल्याउने बताइएको छ । सरकारले आठ क्षेत्रका ८० सेवालाई डिजिटल माध्यमबाट प्रदान गर्न लागेको छ । जसमा कृषि, स्वास्थ्य सेवा, पर्यटन, वित्तिय सेवा, उर्जा, सहरी पूर्वाधार र यातायात रहेका छन् । मन्त्रालयले यी क्षेत्र अन्तर्गत तोकिएका सेवाहरु डिजिटल माध्यमबाट प्रदान गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तयार गरी छलफल अघि बढाएको छ । प्रविधिमा धेरै खर्च नगरीकन पनि यी सेवाहरु प्रदान गर्न सकिन्छ । डिजिटल माध्यमबाट सेवा प्रवाहले सेवा प्रवाह प्रभावकारी, छिटोछरितो हुनुका साथै उत्पादन र आपूर्ति व्यवस्थामा सुधार तथा भ्रष्टाचार नियन्त्रण गर्न सकिने सचिव गुरुङको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x