Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कसैको डर, धम्की र प्रलोधनमा नपरि काम गर्ने भन्सार अधिकृतहरुलाई अर्थमन्त्रीको निर्देशन

कसैको डर, धम्की र प्रलोधनमा नपरि काम गर्ने भन्सार अधिकृतहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, ३ भद्रौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलुकमा चुलिदो ब्यापारघाटा कम गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । आज देखि सुरु भएको भन्सार अधिकृतहरुको गोष्ठिलाई सम्बोधन गर्दै उनले सरकार ब्यापार घाटा कम गर्ने उपायाहरुको खोजीमा रहेको भन्दै यस्तो बताएका हुन ।

मुलुक भित्रै उत्पादनको सम्भावना भएका सामाग्रीहरुमा पनि परनिर्भर बन्नु दुखद भएको उनले बताए ।

त्यस्तै अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयका अधिकृतहरुलाई कसैको डर, धम्की र प्रलोभनमा नपरि काम गर्न निर्देशन पनि दिए ।

तर गोष्ठीमा सहभागि निजी क्षेत्रका प्रतिनिधिहरुले भने भन्सार प्रशासनमा सुधारको खाँचो औल्याएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x