Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

८९ प्रतिशत जनता बीमाको पहुँच बाहिर

८९ प्रतिशत जनता बीमाको पहुँच बाहिर

काठमाडौं, ३ भद्रौ । नेपालमा बीमा सेवाको सुरुवात भएको छ दशक वित्तिसक्दा पनि बीमाको पहुँच भने आशातित रुपमा बढ्न सकेको छैन । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अनुसार अझै पनि ८९ प्रतिशत जनता बीमाको पहुँच बाहिर छन् ।

पछिल्लो समय थपिएका नयाँ कम्पनीहरु सहित हाल २० वटा निर्जीवन बिमा कम्पनी र १९ वटा जिवन बीमा कम्पनीले बीमा सेवा प्रदान गर्दै आएका छन् । ३८ वटा बीमा कम्पनीहरुले सेवा दिइरहेको अवस्थामा पनि ८९ प्रतिशत नेपाली जनता बीमाको पहुँजबाट टाढा रहनु भनेको करिब नग्न्य नेपाली जनताहरुले मात्र बीमामा पहुँच रहेको प्रष्ट गर्ने विज्ञहरुको तर्क छ ।

नेपाल जस्तो अल्पविकसित मुलुकका लागि बीमा व्यवसाय अझ उपयोगी हुने भएपनि जनतामा बीमाबारे सचेतनाको अभावमा बीमाको पहुँच बढ्न नसकेको स्वयंम बीमा समितिको पनि स्विकारोक्ति छ ।

बीमा बजारमा नयाँ कम्पनीहरु थपिएसँगै ति कम्पनीहरुले नयाँ नयाँ योजनाहरु सहित बीमाको बजार विस्तार गरिरहेका छन् । सोही कारण बीमाको इतिहासमै गत वर्ष सबैभन्दा धेरै ४ प्रतिशत पहुँच विस्तार भएको समितिका अध्यक्ष चिरंजीवि चापागाईले जानकारी दिए ।
समितिको अनुसार गत वर्ष कम्पनीहरुको प्रिमियम संकलनको दर पनि बढेको छ । जीवनतर्फ ३२ प्रतिशत र निर्जीबनतर्फ १७ प्रतिशतले प्रिमियम संकलन बृद्धि भएको छ ।

बीमा बजारमा धेरै नयाँ कम्पनीहरु संचालनमा आएको भएता पनि उनीहरुको व्यापारीक तार्गेट भने ग्रामिण भेगमा भन्दा सुविधा सम्पन्न सहरी भेगहरुमा नै बढी हुने गर्दछ । यसलाई पनि बीमाको पहुच विस्तार संकुचित रहनुलाई कारणको रुपमा लिइएको छ । सोही कारण पछिल्लो समय बीमा समितिले बीमा कम्पनीहरुलाई दुर्गममा शाखा खोल्न प्रोत्साहन गरिरहेको छ ।

यससँगै समितिले गाँउगाँउमा सेचतना कार्यक्रम पनि संचालन गरिरहेको बीमा समितिका अध्यक्ष चापागाईले जानकारी दिए । अझ पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गर्दै बीमा सचेतनाको कार्यक्रम संचालन गरिरहेको उनले बताए । बीमको पहुँच बिस्तारका लागि साक्षरता महत्वपूर्ण भएको अध्यक्ष चापागाईको भनाई छ ।

कम्पनीहरुको व्यवसाय बृद्धिसँगै पहुँच विस्तारका लागि समितिले बीमा कम्पनीहरुको पूँजी पनि शतप्रतिशत बृद्धि गराई चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा जीवनबीमा कम्पनीहरुले २ अर्व र निर्जीबनबीमा कम्पनीहरुले एक अर्व रुपैयाँ चूक्तापुँजी कायम गर्नु पर्ने व्यवस्था गरेको छ। यसले पनि पहुँच विस्तारमा सघाउने अपेक्षा गरिएको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x