Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

सरकार गठनको एक वर्ष नपुग्दै अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको प्रधानमन्त्री ओलीको दाबी

सरकार गठनको एक वर्ष नपुग्दै अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडाैं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको पहिलो वर्ष पूरा नहुँदै देशका मुख्य आर्थिक सूचकहरूमा उल्लेखनीय सुधारको संकेत देखिएको दाबी गरेका छन्।

सरकार गठनको वार्षिकोत्सवको सन्दर्भमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास आयोजनाहरूले गति लिएको उल्लेख गरे। उनले वर्तमान सरकारले नतिजामुखी कार्यशैली स्थापित गर्दै समयसीमा तोक्ने र त्यसअनुसार काम सम्पन्न गराउने संस्कृति विकास गरेको बताएका छन्।

“हामीले देखाएको प्रतिबद्धता केवल नारामा सीमित छैन, काम गर्ने शैलीमा पनि परिवर्तन देखिन्छ,” ओलीले भने।

प्रधानमन्त्री ओलीले कानूनी सुधारहरूलाई प्रशासनिक सेवा प्रवाहको सरलतासँग जोड्दै भने, “महत्त्वपूर्ण कानूनी संशोधनहरूमार्फत सेवा प्रवाह सजिलो भएको छ। अब लाम लाग्ने हैन, धेरैजसो काम अनलाइन प्रणालीमार्फत भइरहेको छ।”

उनले सरकार अझै पनि आफ्ना कर्तव्यप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै, “शासन सुधार र विकासलाई थप गति दिन हामीसँग अझै धेरै चुनौतीहरू छन्, तर ती चुनौतीहरूलाई पार गर्दै अघि बढ्ने दृढ संकल्प लिएका छौं,” भने।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *