Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

निरोगी नेपालतर्फको यात्रामा नयाँ थप: शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन

निरोगी नेपालतर्फको यात्रामा नयाँ थप: शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन

काठमाडाैं, ३० असार । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवन आज एक विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। यो भवन भाटभटेनी सुपरमार्केटको सहयोगमा निर्माण गरिएको हो।

शिक्षण अस्पतालको ४३औं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गर्दै भने, “नेपाल सरकारले ‘निरोगी नेपाल’को नारा अघि सारेर नागरिकहरूलाई स्वस्थ राख्न प्रयासरत छ। त्यसका लागि आहार, विहार र आराममा सुधार ल्याउनु जरुरी छ। यदि बिरामी परे पनि, उनीहरूले सुलभ र गुणस्तरीय उपचार सेवा पाउनुपर्छ।”

प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदानको खुलेर प्रशंसा गरे। उनले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको नाम उल्लेख गर्दै भने, “दुःख गरेर कमाएको सम्पत्तिबाट सामाजिक उत्तरदायित्व वहन गर्दै यस्तो महत्वपूर्ण भवन निर्माणमा योगदान दिनु सराहनीय छ। यस्तो कार्यले समाजलाई सकारात्मक दिशा दिन्छ।”

विस्तारित सेवा भवन निर्माणसँगै शिक्षण अस्पतालमा बिरामीहरूको चाप व्यवस्थापन, सेवा पहुँच र गुणस्तरीय उपचारमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवामा राज्य र निजी क्षेत्रको सहकार्यले ल्याउने सकारात्मक परिणामको यो एक उदाहरण भएको भन्दै कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि यस्तो सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउने आवश्यकता औंल्याएका थिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *