Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सात महिनामा ५ लाख ९३ हजार पर्यटकले गरे नेपालको भ्रमण

सात महिनामा ५ लाख ९३ हजार पर्यटकले गरे नेपालको भ्रमण

काठमाडौं, २ भद्रौ । सन् २०१८ को सात महिनामा ५ लाख ९३ हजार २ सय ९९ सय जना पर्यटकले नेपालको भ्रमण गरेका छन् । गत बर्षको सोही अवधीको तुलनामा पर्यटक आगमन १८ प्रतिशतले बढी हो । सन् २०१७ को तुलनामा सबै भन्दा भारतबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । गत वर्षको सोही महिनाको तुलनामा भारतबाट नेपाल आउने पर्यटकको संख्यामा ८० दशमलव ४ प्रतिशतले वृद्धि भएको हो । यसै गरि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क क्षेत्रका मुलुकबाट आउने पर्यटकको संख्यामा ६६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै चीनबाट नेपाल आउने पर्यटकको संख्यामा समेत गत वर्षको सोही महिनाको तुलनामा १ सय २५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दक्षिण कोरियाबाट नेपाल आउने पर्यटकको संख्यामा २१ दशमलव ९ प्रतिशत र जापानबाट आउनेको संख्यामा ३६ प्रतिशतले वृद्धि भएको छ ।

बोर्डका अनुसार बङ्गलादेशबाट एक हजार ४ सय १०, भारतबाट १८ हजार ३ सय ८५, श्रीलङ्काका एक हजार ४ सय ५७, पाकिस्तानबाट ३ सय ९७, चीनबाट १३ हजार १ सय २३, जापानबाट एक हजार २ सय ८४, मलेसियाबाट एक हजार १ सय ९३, सिङ्गापुरबाट ३ सय ३१, दक्षिण कोरियाबाट दुई हजार ४ सय १५, थाइल्याण्डबाट ८ सय ७२, क्यानडाबाट ९ सय २१ तथा अमेरिकाबाट ६ हजार ९ सय ५७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डले अध्यागमनमा दर्ता भएको तथ्याङ्कका आधारमा पछिल्लो तथ्याङ्क उपलब्ध गराएको हो । विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेका कारण पर्यटन आवागमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपराज जोशीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x