Date

बुध, असार ४, २०८२
Wed, June 18, 2025

९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक: ३५ दिने निक्षेप संकलनको बोलकबोल आज दिउँसो ३ बजे

९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक: ३५ दिने निक्षेप संकलनको बोलकबोल आज दिउँसो ३ बजे

काठमाडाैं, ४ असार । नेपाल राष्ट्र बैंकले आज बुधबार (असार ४ गते) बैंकिङ प्रणालीबाट थप ९० अर्ब रुपैयाँ उठाउने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ३५ दिने निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव आह्वान गरेको छ। बोलकबोलको समय आज दिउँसो ३ बजे तोकिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको बोलकबोल गर्न सक्नेछन्। सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ७ गते तोकिएको छ।

यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। निक्षेप संकलनको बोलकबोलमा जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *