सुशासन आयोगको पहिलो बैठक आज, प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्दै

काठमाडाैं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बस्नेछ।