यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव आह्वान गरेको छ। बोलकबोलको समय आज दिउँसो ३ बजे तोकिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको बोलकबोल गर्न सक्नेछन्। सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ७ गते तोकिएको छ।
यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। निक्षेप संकलनको बोलकबोलमा जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।