Date

बिहि, असार ५, २०८२
Thu, June 19, 2025

दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमती

दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमती

काठमाडौं, ४ असार । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि अनुमती दिएको छ ।

सिटीजन्स क्यापिटल लिमिटेडलाई सिटीजन्स सदाबहार योजना र एनआईसी एशिया क्यापिटललाई एनआईसी एशिया इक्विटी लिंक्ड इनभेष्टमेन्ट स्किम सञ्चालनका लागि बोर्डले अनुमती दिएको हो ।

सिटिजन्स क्यापिटल लिमिटेडलाई ५० करोड़ रुपैयाँ बराबरको ५ करोड़ इकाई जारी गर्न असार २ गते र एनआईसी एशिया क्यापिटललाई १ अर्ब रुपैयाँ बराबरको १० करोड़ इकाई जारी गर्न असार ३ गते बोर्डले अनुमति दिएको हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका इकाई जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो ।

यी दुबै योजना खुलामुखी प्रकृतिका रहनेछन् । बोर्डको स्वीकृति प्राप्त भएसँगे यी दुई योजनाको इकाई सार्वजनिक निष्कासनका आउनेछन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *