शीर्ष तीन दलका नेताहरूको बैठक आज दिउँसो ३ बजे, संसद अवरोधबारे छलफल हुने

काठमाडाैं, ४ असार । नेपालका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बैठक हुन लागेको हो।
प्रधानमन्त्रीका निजी सचिव उदय पोखरेलका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा प्रतिनिधि सभामा भइरहेको अवरोध र अन्य समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।