Date

सोम, असार ९, २०८२
Mon, June 23, 2025

आज सुन र चाँदीको मूल्यमा वृद्धि: सुन १ लाख ९५ हजार २०० रुपैयाँ, चाँदी २ हजार १६० रुपैयाँमा

आज सुन र चाँदीको मूल्यमा वृद्धि: सुन १ लाख ९५ हजार २०० रुपैयाँ, चाँदी २ हजार १६० रुपैयाँमा

काठमाडाैं, ८ असार । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आज छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आजका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम गरिएको छ। यसअघि गत शुक्रबार छापावाला सुन १ लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज प्रतितोला १० रुपैयाँ बढेर चाँदीको भाउ २ हजार १६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने चाँदी प्रति तोला १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *