Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

काठमाडाैं, ९ असार । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो ।

महासंघले दिएको जानकारी अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला १९५,२०० रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबारको भन्दा अपरिवर्तित रहेको छ ।

यद्यपि, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । आइतबार प्रति तोला २,१६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रति तोला २,१७० रुपैयाँ पुगेको छ । यसरी चाँदीको मूल्यमा प्रति तोलामा १० रुपैयाँको वृद्धि भएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *