Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

प्रतिनिधि सभामा रास्वपाको अवरोध: गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग

प्रतिनिधि सभामा रास्वपाको अवरोध: गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग

काठमाडाैं, ९ असार । आजबाट सुरु भएको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधबाट प्रभावित भएको छ । रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र उनीमाथि लागेको ‘भिजिट भिसा’ प्रकरणको उच्चस्तरीय छानबिनको माग गर्दै संसद अवरुद्ध पारेको हो 

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदहरू आ-आफ्नो सिटबाट उठेर रोष्ट्रम नजिकै नाराबाजी सुरु गरेका थिए । प्रतिपक्षीको विरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले बैठकको निर्धारित कार्यसूची अगाडि बढाएका थिए ।

केहीबेरको विरोध प्रदर्शनपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरी सदनबाट बाहिरिएका थिए । सदनबाट बाहिरिने क्रममा उनीहरूले स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग हात मिलाएको देखिएको थियो । सांसद सिंहले अघिल्लो दिन मात्रै प्रतिपक्षको सहमति बिना सदन चलाएको भन्दै सभामुखको चर्को आलोचना गरेका थिए ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको ‘भिजिट भिसा’ प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पछिल्ला प्रतिनिधि सभाका बैठकहरूमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *