Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को ८.३५ अर्बको बजेट सार्वजनिक

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को ८.३५ अर्बको बजेट सार्वजनिक

काठमाडाैं, ९ असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १७ औं नगरसभामा आइतबार उपमेयर मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट अनुसार, संघीय सशर्त अनुदानबाट ३ अर्ब १३ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट ३३ करोड ८ लाख रुपैयाँ, संघीय समानीकरण अनुदानबाट ५२ करोड ८७ लाख रुपैयाँ र प्रदेश समानीकरण अनुदानबाट ८ लाख १५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

उपमेयर गुरुङले आन्तरिक राजस्वबाट ५ अर्ब २२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको जानकारी दिइन् । यसैगरी, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १० करोड रुपैयाँ र प्रदेश राजस्व बाँडफाँटबाट ३ करोड २८ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

बजेटका मुख्य प्राथमिकताहरूमा हरियो, उत्थानशील र दिगो पूर्वाधार विकासका साथै पर्यटन प्रवर्द्धनलाई जोड दिइएको छ । यसका अतिरिक्त, वातावरण संरक्षण, सरसफाइ, ठोस फोहोर व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन र गुणस्तरीय सेवा प्रवाहलाई पनि बजेटमा विशेष जोड दिइएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *