एनआईसी एसिया र प्राइम लाईफ बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, ४ भद्रौ । एनआईसी एसिया बैंक र प्राइम लाईफइन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई बीच हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको २ सय ३७ शाखा कार्यालयहरु मार्फत सहज रुपमा प्राइम लाईफको बीमा योजना खरिद गर्न सक्ने छन् ।
हाल बैंकको वासलातको आकार १ सय ८२ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ सय ५४ अर्ब रुपैयाँ तथा कर्जा १ सय २७ अर्ब रुपेयाँ रहेको छ ।