दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई नेपालका मानार्थ वाणिज्यदूतद्वारा स्वागत, द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा जोड

काठमाडाैं, ११ असार । नेपालका लागि दक्षिण अफ्रिकी राज्यका नवनियुक्त राजदूत महामहिम प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागि नियुक्त मानार्थ वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठ स्वागत गरेका छ। यो स्वागत कार्यक्रम आज (२०८२ असार १० गते) ललितपुरस्थित वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको हो।
राजदूत सुकलालको नेपाल भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूत श्रेष्ठबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा महत्वपूर्ण छलफल सम्पन्न भयो। साथै, उनिहरूले नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानका विषयमा समेत विस्तृत छलफल गरेका थिए। यो भेटवार्ता दुई देशबीचको कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।