सुनको मूल्यमा निरन्तर गिरावट, दुई दिनमा प्रतितोला रु. ३२०० ले घट्यो

काठमाडाैं, ११ असार । नेपाली बजारमा आज (बुधबार) पनि सुन र चाँदीको मूल्य घटेको छ। हिजो मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको भाउ आज थप १५ सय रुपैयाँले घटेको हो। यससँगै दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ३२ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला २ हजार एक सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर २ हजार एक सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।