नेशनल लाईफ इन्स्योरेन्सको अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंहले लिइन् शपथ

काठमाडाैं, ११ असार । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाज्यूसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार एक विशेष कार्यक्रमका बीच शपथ ग्रहण सम्पन्न भएको हो।
कम्पनीको मिति २०८२/०३/०५ मा सम्पन्न ३७ औं वार्षिक साधारण सभाबाट संचालक समितिको पुनर्गठन भएको थियो। उक्त साधारण सभाले श्रीमती सिंहलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले पुनः निर्वाचित गरेको थियो।
शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कम्पनीको पुनः निर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । शपथ ग्रहण सम्पन्न भएपछि श्रीमती सिंहले नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फबाट आभार तथा धन्यवाद ज्ञापन गरे ।
उक्त समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समेत उपस्थिति रहेको थियो।