Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

राष्ट्र बैंकले रेमिट्यान्स नआइ भुक्तानी दिन बन्देज गर्दा हुन्डीले पश्रय पाउने

राष्ट्र बैंकले रेमिट्यान्स नआइ भुक्तानी दिन बन्देज गर्दा हुन्डीले पश्रय पाउने

काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकले बाहिरबाट रेमिट्यान्स देशमा नभित्रिइ भुक्तानी दिन बन्देज गरेपछि यसले रेमिट्यान्स औपचारिक भन्दा अनौपचारिकबाटोबाट भित्रने जोखिम बढेको छ । यसअघि बैंक तथा रेमिट्यान्स कम्पनीहरुले श्रम गन्तव्यहरुबाट कामदारले रेमिट गर्ने बित्तिकै देशभित्र रेमिट्यान्स भुक्तानी गदैए आएका थिए । तर हालै मलेसियास्थित साझेदार रेमिट कम्पनी म्याक्स मनिले हिमालयन बैंकलाई वितमा गरेको भुक्तानी आदेश बराबरको रकम शोधभर्ना नपठाएपछि राट्र बैंकले यस्तो निर्देशन जारी गरेको बुझिएको छ ।
बैंक र रेमिट्यान्स कम्पनीहरुले नेपालीहरुको श्रम गन्तव्यमा रहेका तिनका साझेदार रेमिट कम्पनीले पठाएको भुक्तानी आदेशका आधारमा आफ्ना शाखा र एजेन्टमार्फत् देशभर तत्काल रेमिट्यान्स भुक्तानी गर्ने र पछि उनीहरुबाट शोधभर्ना लिने गर्थे । तर, म्याक्स मनिको बद्मासीका कारण राष्ट्र बैंक यस्तो निर्देशन जारी गर्नुपर्ने अवस्थामा पुगेको हो ।
तत्काल रेमिट्यान्स भुक्तानी हुने यो सुविधा कटौती भएसँगै यसले औपचारिक माध्यमबाट प्राप्त हुने रेमिट्यान्स कम हुन सक्ने विश्लेषकहरुले बताएका छन् । अब विदेशमा काम गर्ने तत्काल आफ्ना परिवार वा आश्रितलाई रेमिट्यान्स पठाउँदा हुन्डीजस्ता विकल्प रोज्न सक्ने उनीहरुको भनाई छ । औपचारिक माध्यमबाट बिना जोखिम रेमिट्यान्स पठाउन सकिने भएपछि विदेशबाट पैसा पठाउनेले हुन्डी हवालाको प्रयोग कम गर्दै आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *