Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता: नेपालको विकासमा स्विट्जरल्यान्डको निरन्तर सहयोगको प्रतिबद्धता

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता: नेपालको विकासमा स्विट्जरल्यान्डको निरन्तर सहयोगको प्रतिबद्धता

काठमाडाैं, २३ असार । स्विट्जरल्यान्डका संघीय विदेशमन्त्री इग्नाजियो ड्यानियल जियोभन्नी कासिसले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने र विकासका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री कासिसले नेपालको विकास, संघीयता सुदृढीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा स्विट्जरल्यान्डको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लामो समयको हिंसात्मक र अस्थिर राजनीतिपछि हाल दुई प्रमुख दलको सहकार्यमा बनेको सरकार विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ अग्रसर रहेको र क्रमशः सुधार भइरहेको स्वीकार गरे ।2 उनले नेपालको विकासमा स्विट्जरल्यान्ड सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

सो भेटवार्तामा नेपालका लागि स्विस राजदूत डा. ड्यानिएल मेउली, परराष्ट्र मन्त्रालयका अधिकारीहरू र अन्यको पनि उपस्थिति रहेको थियो ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *