Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्थानीय सरकार : कतै कर वृद्धि, कतै लगानी सम्मेलन

स्थानीय सरकार : कतै कर वृद्धि, कतै लगानी सम्मेलन

काठमाडौं, १० भदौ । कर बढाएर स्थानीय निकायहरु आलोचित भैरहेका बेला जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाले भने लगानी प्रवद्र्धन सम्मेलन आयोजना गरेर रचनात्मक पहल थालेको छ । नगर प्रमुख कान्तिका सेजुवालले आज पत्रकार सम्मेलन गर्दै अगामी भदौ २९, शुक्रबारका दिन लगानी चन्दननाथ नगरपालिकास्थिति कर्णाली प्राविधिक शिक्षालयको हलमा लगानी प्रवद्र्धन सम्मेलन आयोजना हुन लागेको जानकारी दिन । लगानी सम्मेलनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहयोग गरेका छन् ।
लगानी सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्ने तय भएको छ भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य मीनबहादुर शाहीको सहभागिता पनि तय भएको छ । लगानी प्रवद्र्धन सम्मेलनमा देशका प्रतिष्ठीत उद्योगी व्यवसायीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपाल स्थित कुटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधिहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । सम्मेलनका क्रममा जुम्लामा रहेका लगानीका अवसरका क्रममा छलफल हुनेछ भने स्थानीय विज्ञहरुले कृषि, पर्यटन तथा गैरकाष्ठ वन पैदावार (जडिबुटी लगायत वनजन्य उत्पादन) का सम्भावनाका सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने नगर प्रमुख सेजुवालले बताइन् ।
‘लगानी गर्न इच्छुकहरुले सम्मेलनका क्रममा लगानी सम्भवनाका आधारभूत सर्वेक्षण समेत गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भनिन्, ‘मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै जनतामाझ विकासका समान अवसर र सेवा प्रवाहमा प्रभावकारिता र गुणस्तरीयता अभिवृद्धि गर्ने जिम्मेवारी बोध गर्दै हामी जनप्रतिनिधिहरुले जनताको चाहना, भावना र आवश्यकताको आँकलन गर्दै विकासको प्रतिफल दिन मन, वचन र कर्मले प्रतिवद्ध रहेका छौं ।’
जुम्ला चन्दननाथ नगरपालिकाको पहलमा हुन लागेको लगानी सम्मेलन स्थानीय सरकारको पहलबाट भएको पहिलो लगानी प्रवद्र्धन सम्मेलन हो । सम्मेलनमा ‘लगानी प्रवद्र्धन सम्मेलनको सार ः विकास सामथ्र्यको उजागर’ भन्ने नारा दिइएको छ ।
‘भौतिक विकास र मानवविकासका दृष्टिले पिछडीएको कर्णालीमा यो लगानी सम्मेलनले ठूलो अर्थ बोकेको छ,’ पत्रकार सम्मेलनमा नगर प्रमुख सेजुवालले भनिन्, ‘जुम्लाको चन्दननाथ नगरपालिकाको अग्रसरतामा लगानी सम्मेलन आयोजना गर्न लागिएको भए पनि यसले समग्र कर्णाली प्रदेशको विकास र अग्रगमनको लक्ष्य लिएको छ ।’
नगर प्रमुख सेजुवालले लगानी भित्र्याउन स्याउ फार्म, पर्यटन व्यवसाय, अग्र्यानिक कृषि, कुखुरापालन, गैर काष्ठ वन पैदावार, उच्च मूल्यका जडिबुटी खेती जस्ता परियोजना रहेको बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x