Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

सुनचाँदीको भाउले फेर्दैछ रेकर्ड: लगातार ४ दिनदेखि उकालो, आज मात्रै १८ सय रुपैयाँको उचालो

सुनचाँदीको भाउले फेर्दैछ रेकर्ड: लगातार ४ दिनदेखि उकालो, आज मात्रै १८ सय रुपैयाँको उचालो

काठमाडाैं, ६ साउन । स्थानीय बजारमा सुनको मूल्यमा आज पनि तीव्र वृद्धि भएको छ। यो वृद्धिसँगै सुनको मूल्य लगातार ४ दिनदेखि बढिरहेको छ, जसले बजारमा लगानीकर्ता र उपभोक्ता दुवैलाई प्रभावित पारिरहेको छ।

आजको दिनमा मात्रै तोलामा १,८०० रुपैयाँले सुनको भाउ बढेर १,९५,५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य ४०० रुपैयाँले बढेर १,९३,७०० रुपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्वबजारमा मूल्यवृद्धिको क्रमसंगै नेपाली बजारमा समेत सुनको भाउ उच्च गतिमा बढिरहेको छ। यसरी चार दिनभित्र मात्र सुनको मूल्य करिब ५,७०० रुपैयाँले बढिसकेको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी ३५ रुपैयाँले बढेर तोलाको २,३२० रुपैयाँ पुगेको छ। पछिल्ला केही सातादेखि चाँदीको मूल्य पनि क्रमशः उकालो लागिरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *