Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

सुन घट्दा चाँदी चम्कियो: शुक्रवार फेरि घट्यो सुनको भाउ

सुन घट्दा चाँदी चम्कियो: शुक्रवार फेरि घट्यो सुनको भाउ

काठमाडाैं, ९ साउन । शुक्रबार नेपाली सुन बजारमा फेरि गिरावट आएको छ भने चाँदीको मूल्य भने सामान्य रूपमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँमा निर्धारण गरिएको छ।

हिजो मात्रै सुनको मूल्यमा एकैदिन २ हजार ४ सय रुपैयाँको तीव्र गिरावट आएको थियो, जसपश्चात आज पुनः मूल्य घट्दै गएको हो। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ थियो।

चाँदीतर्फ भने सन्तोषजनक वृद्धि देखिएको छ। हिजो प्रतितोला २ हजार ३३५ रुपैयाँमा किनबेच भएको चाँदी आज ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा पुगेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *