Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रकाशमान सिंहलाई जिम्मेवारी

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रकाशमान सिंहलाई जिम्मेवारी

काठमाडाैं, १९ साउन । राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यहरू हेर्न उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी सुम्पिएका छन्।

प्रधानमन्त्री ओली विहानै तेश्रो संयुक्त राष्ट्रसंघीय स्थलरुद्ध विकासशील मुलुक सम्मेलन (LLDC) मा सहभागी हुन टर्कमेनिस्तान प्रस्थान गरेका छन्।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस र नेपालको संविधान अनुसार उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी दिएका हुन्। राष्ट्रपति कार्यालयले आज यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ। यस निर्णयले प्रधानमन्त्रीको भ्रमण अवधिमा प्रशासनिक कार्यहरूमा कुनै अवरोध नआओस् भनी व्यवस्थापन गरिएको बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *