Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

संघीय संसदमा आज विधेयक र सिफारिसको बहस

संघीय संसदमा आज विधेयक र सिफारिसको बहस

काठमाडाैं, १९ साउन । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा आज विविध विधेयकहरू र सिफारिसहरूमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा प्रारम्भमा संघीय संसदका महासचिवले ‘संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धी राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।

त्यसपछि सार्वजनिक लेखा समितिका अध्यक्ष ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औं वार्षिक प्रतिवेदन, २०८२’ का सिफारिसहरू स्वीकृत गर्न आर्थिक कार्यविधि तथा वित्तीय दायित्व ऐन, २०७६ को दफा ४१(२) बमोजिम प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

यसैगरी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा रहेको छ। साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार सङ्गठन (WTO) अन्तर्गत मत्स्य क्षेत्रको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम पनि बैठकमा समावेश गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *