Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

तीन दिनपछि सेयर बजार दोहोरो अंकले बढ्यो

तीन दिनपछि सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडाैं, १९ साउन । लगातार तीन दिन घट्दै गएको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६.६५ अंकले बढेर २८७५.५५ विन्दुमा पुगेर बन्द भएको छ।

तर, नेप्से परिसूचक बढ्दा पनि आजको कारोबार रकम घटेको छ। आज ३२५ कम्पनीका कुल २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर खरिदबिक्रि हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

योभन्दा अघिल्लो दिन भने ३१९ कम्पनीका ३ करोड २२ लाख कित्ता सेयर १३ अर्ब ७ करोड रुपैयाँ बराबरमा किनबेच भएका थिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *